एएफसी कप : मनाङ आज ढाकासँग भिड्ने
एएफसी कप अन्तर्गत समूह ‘ई’ खेलमा नेपाली शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले बुधबार साँझ बंगालदेशको अबहानी ढाकासँग प्रतिष्पर्धा गर्दैछ।
खेल ढाकाको बंगबन्धु रंगशालामा नेपाली समयअनुसार साँझ ६ बजे सुरु हुनेछ। खेलअघि मनाङका प्रशिक्षक छिरिङ लोप्साङले निश्चित जितका लागि मैदानमा उत्रने बताए । उनले ढाकाको मौसम गर्मी भएकाले खेलाडीलाई केही समस्या हुन सक्ने बताएका छन्। प्रिम्याच पत्रकार सम्मेलनमा लोप्साङले भने, ‘गर्मीका कारण खेलाडीलाई सहज हुने छैन तर हामी निश्चित जितका लागि खेल्ने छौं।’ राम्रो तयारी गरेकाले जित निकाल्ने विश्वास लोप्साङको छ।

यस्तै, अग्रपंक्तिको समस्या समाधानका लागि रणनीति बनाएको पनि उनको भनाइ छ। मनाङका कप्तान विराज महर्जनले ढाकाविरुद्धको खेल महत्त्वपूर्ण भएकाले उत्कृष्ट खेल्ने बताए।