नवलपरासीमा ६ हजार बढी चल्ला बरामद




नवलपरासी । जिल्ला प्रहरी कार्यालय, नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०बाट खटिएको प्रहरी टोलीले ६ लाख २५ हजार ६ सय मूल्यबराबरका बोइलर कुखुराको चल्ला बरामद गरेको छ ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं–१, हरकट्टा पुलनजिकै ४६ वटा कार्टुनमा ६ हजार २५६ वटा बोइलर कुखुराको चल्ला बेबारिसे अवस्थामा फेला पारिएको हो ।



फेला परेका ६ लाख २५ हजार ६ सय रुपैयाँबराबरको बोइलर कुखुराको चल्ला रीतपूर्वक बरामद गरी इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीमार्फत आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन कार्यालय, महेशपुर पठाइएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।


सम्बन्धित
Loading...