मध्यविन्दु अस्पतालमा डाइलोसिस सेवा शुरु भएपछि नवलपुरका विरामी लाभांवित




नवलपुर । नवलपुरमा मृगौला रोगीहरुको लागि डाइलोसिसको व्यवस्था नहुँदा यहाँका सबै विरामी डाइलोसिसका लागि भरतपुर जानु पर्ने बाध्यता थियो ।

पछिल्लो समय कावासोतीको मध्यविन्दु प्रादेशिक अस्पतालमा मृगौला रोगीहरुका लागि लक्षित गरी डाइलोसिस सेवा शुरु भएपछि यहाँका विरामीहरु लाभांवित भएका छन् ।
अहिले मध्यविन्दु प्रादेशिक अस्पतालमा मृगौला रोगीहरुलाई डाइलोसिसका लागि ११ वटा मेसिन रहेका छन् ति मध्ये आपतकालिन अवस्थाका लागि एउटा मेसिन स्टक राखेर बाँकी १० वटा सञ्चालनमा रहेका छन् ।




अस्पतालका मेसु रमेश आचार्यका अनुसार लागि १० वटा मेसिन २ सिफ्टमा सञ्चालन गरेर १ सय २० जना मृगौला रोगीका विरामीहरुले निशुल्क डाइलोसिस गरिरहेका छन् । मेसु आचार्यले भने – अझै ६४ जना मृगौलाका विरामीहरुले पालो नपाएर कुरेर बसेका छन् । दैनिक ३ सिफ्ट सञ्चालन गर्न पाए सबैलाई पालो पुग्ने थियो ।

आचार्यका अनुसार जनशक्ति अभावका कारण ३ सिफ्ट सञ्चालन गर्न सकिएको छैन ।

त्यसैगरी अस्पतालमा आइसियु कक्ष, डिजिटल एक्सरे, ब्लड बैंक सञ्चालनको तयारीमा रहेको छ ।



सम्बन्धित
Loading...