कावासाेतीमा घरमा खाना खाईरहेका पुरूषकाे माेटरसाईकलकाे ठक्करबाट मृत्यु

रामकुमार श्रेष्ठ –
नवलपुर – नवलपुरकाे कावासाेती १४ गाेरसदीमा घरकाे पिढीमा बसेर खाना खाईरहेका ६४ बर्षीय मानबहादुर कार्कीकाे माेटरसाईकलकाे ठक्करबाट मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान साढे १० बजेतिर तल्लो डण्डा स्थित भित्री सडकखण्डमा डण्डा-कोल्हुवा तर्फ जाँदै गरेको लु १८ प ७४ नम्बरकाे माेटरसाईकलले मान बाहदुर कार्कीलाई ठक्कर दिएकाे हाे ।
आफ्नै घर अगाडिको पिँढिमा बसी खाना खाईरहेको अवस्थामा ठक्कर दिँदा घाईते भई उपचारको लागी प्रादेशिक अस्पताल डण्डा पठाएकोमा स्वास्थ्यकर्मीले मृत घाेषणा गरेकाे हाे ।
दुर्घटनामा परी मोटर साईकल चालक मध्यविन्दु नगरपालिका ३ निवासी १८ बर्षीय सुमन महतो घाईते भएका छन् ।