कावासोतीमा त्रिपिटक कंग्युर पाठवाचन महापुजा




कावासोती ।
नवलपुरको कावासोती ५ मा रहेको पेमा सामडुब छयोईलिङ्ग गुम्बामा बौद्ध धर्मग्रन्थ १०८ त्रीपिटक कंग्युर पाठबाचन महापुजा सुरु भएको छ ।
फागुन २५ गते आइतबार एक कार्यक्रमका बिच प्रदेश मन्त्री पदमा जिसी श्रेष्ठले महापुजाको समुद्घाटन गर्नुभएको हो।
कार्यक्रममा महापुजा मुल आयोजक समितिका अध्यक्ष बुद्धि बहादुर गुरुङको अध्यक्षता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै प्रमुख अतिथी माननीय मन्त्री पदमा जिसि श्रेष्ठले प्रकृतिको पुजा गरि वातावरण राम्रो गर्न र हरेक प्रकारको जिव जन्तुको संरक्षण गर्न मानवको कर्तव्य रहेको बताउनुभयो । भगवान गौतम बुद्धले दिनु भएको अहिन्सा तथा शान्ति र सत्यको मार्ग अवलम्बन गर्दा समाजमा सद्भाव कायम हुने ृउहांको भनाई छ ।




उहांले नेपाल बहुजातिय बहुधार्मिक र बहुसांस्कृतिक देश भएकोले यसखालको कार्यक्रमले समाजलाई अझ मजबुत बनाएर लैजाने बिश्वास ब्यक्त गर्नुभयो ।
उहांले त्रीपिटक कंग्युर महापुजा सफलताको कामना समेत गर्नुभयो ।

कार्यक्रममा खेन्पो गुरु तेनजिन लामाले प्रवचन दिनुभएको थियो ।

महापुजाको समुद्घाटन अघि शोभायात्रा समेत गरिएको थियो । शोभायात्राले कावासोती क्षेत्रको परिक्रमा गरेको थियो ।

त्रिपिटक कङ्गयुर पाठवाचन महापुजामा त्रिपिटक कङ्गयुर वाचन, लगायत दैनिक पुजापाठका कार्यक्रमहरु हुनेछन । महापुजाको चैत्र १ गते समापन हुनेछ ।



सम्बन्धित
Loading...