विद्यार्थीहरुको झैझगडाले नवलपुरका २ कलेजमा स्ववियु निर्वाचन स्थगित



नवलपुर । नवलपुरमा विद्यार्थी संगठनहरुको झैझगडाका कारण नवलपुरका २ वटा कलेजमा स्ववियू निर्वाचन स्थगित भएको छ ।



नवलपुरको गैडाकोटमा रहेको एसपिएम कलेज र गैडाकोटको अमरापुरीमा रहेको जनमुखी कलेजमा स्ववियु निर्वाचन नहुने भएको हो ।

आज यि दुई कलेजकाे निर्वाचन अधिकृतले सूचना जारी गरी निर्वाचन गर्ने वातावरण नभएको भन्दै तत्काललाई स्ववियु निर्वाचन स्थगित गरेको जनाएको छ ।




नवलपुरमा स्ववियु निर्वाचन हुने भनिएका १० वटा क्याम्पसमा अनेरास्ववियुले ताला लगाएको थियो ।



सम्बन्धित
Loading...