नवलपुरमा स्ववियु निर्वाचन नहुने निश्चित !




नवलपुर । नवलपुरमा स्ववियु निर्वाचन नहुने निश्चित जस्तै भएको छ ।

यहाँका कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती, मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती, देवचुली कलेज रजहर, एसपिएम कलेज, गैडाकोट, जनमुखी कलेज अमरापुरी, अरुणखोला बहुमुखी क्याम्पस, कालिका सस्कृति पिधापिठ गैडाकोट लगायतका १० वटा क्याम्पसमा स्ववियु निर्वाचन हुने भनिएको थियो । ति मध्ये ३ वटा क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ भने बाँकी क्याम्पसमा आज मनोनयन दर्ता हुन सकेन ।




नवलपुरमा विद्यार्थी संगठनहरुको झैझगडाका कारण नवलपुरका ३ वटा कलेजमा स्ववियू निर्वाचन स्थगित भएको छ ।

नवलपुरको गैडाकोटमा रहेको एसपिएम कलेज, गैडाकोटको अमरापुरीमा रहेको जनमुखी कलेज र रजहरको देवचुली कलेजमा स्ववियु निर्वाचन नहुने भएको हो ।

आज यि कलेजका निर्वाचन समितिलेसूचना जारी गरी निर्वाचन गर्ने वातावरण नभएको भन्दै तत्काललाई स्ववियु निर्वाचन स्थगित गरेको जनाएको छ ।

नवलपुरमा स्ववियु निर्वाचन हुने भनिएका १० वटा क्याम्पसमा नेकपा एमाले निकट र नेकपा एस निकट अनेरास्ववियुले ताला लगाएको थियो ।

यता नेविसंघले भने निर्वाचनको माग गर्दै कलेज कलेजमा पुग्दै मोटरसाइकल र्याली गरेको छ ।

कुमारवर्ती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एवम् पब्लिक क्याम्पस संघ नवलपुरका अध्यक्ष गुरु सुवेदीले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी भएका कारण नवलपुरका कुनै पनि क्याम्पसमा स्ववियू निर्वाचनका लागि उम्मेदवारी दर्ता हुन नसकेको बताए ।

सुवेदीले तत्काल ताला नखोलिएर चैत्र ५ भन्दा पछाडि तालिका जाने गरी निर्वाचन गर्न नसकिने बताए ।

तालिका हेरफेर गर्न गर्न पर्ने अवस्था आएकोले नवलपुरको कालिका सस्कृति पिधापिठ गैडाकोट बाहेक अन्य क्याम्पसमा स्ववियु निर्वाचन नहुने देखिएको छ । तालिका हेरफेर गरेर निर्वाचन नगरी सर्वसम्मतमा घोषणा गर्न सकिने अवस्था भए मात्र नवलपुरमा स्ववियु गठन हुने पब्लिक क्याम्पस संघ नवलपुरका अध्यक्ष गुरु सुवेदीले बताए ।

यता स्ववियु निर्वाचनको विषयलाई लिएर विद्यार्थी संगठनहरुबीच भएको छलफल भए सहमतिमा पुग्न सकेको छैन । मंगलबार साँझ ५ बजेसम्म स्ववियु निर्वाचनका लागि मनोनयनको तालिका रहेको थियो । जस अनुसार नवलपुरका सबै क्याम्पसमा स्ववियु निर्वाचन नहुने निश्चित जस्तै भएको छ ।



सम्बन्धित
Loading...