चैत्र ५ मै नवलपुरका सबै क्याम्पसमा स्ववियू निर्वाचन गराउन राजनीतिक दलको दबाब
नवलपुर । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत पाँच गतेनै गराउन यहाँका राजनीतिक दलले दबाब दिएका छन् ।
नवलपुरका ४ दल नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसले संयुक्त रुपमा विज्ञप्ति जारी गरी विद्यार्थीहरुलाई आन्दोलन फिर्ता लिन र पब्लिक क्याम्पस संघ नवलपुरलाई स्ववियू निर्वाचन गराउन दबाब दिएका हुन् ।
नवलपुर जिल्लामा त्रिविबाट सम्बन्धन प्राप्त क्याम्सहरुमा विभिन्न विद्यार्थी संगठनको तालाबन्दी र नेपाल पब्लिक क्याम्पस संघ नवलपुरको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तालाबन्दी गरिएका सबै क्याम्पसहरुको तालाखोल्न र आन्दोलनका सबै कार्यक्रम स्थगित गरी सबै विद्यार्थी संगठनहरुको सहमतिका आधारमा निर्धारित मितिमै निर्वाचन गराउन यहाँका चार राजनीतिक दलले आह्वान गरेकाहुन् ।
नेपाली कांगे्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) नवलपुरले सयुक्त रुपमा पे्रस विज्ञप्ति जारी गरि चैत ५ गते निर्वाचन गराउन आह्वान गरेका हुन् ।
सयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन–२०८१ को सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार यस नवलपुर जिल्लामा त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसहरुमा विभिन्न विद्यार्थी संगठनका तालाबन्दी र नेपाल पब्लिक क्याम्पस संघ नवलपरासी (ब.सु.पू.) को मिति २०८१ फागुन २८ गते जारी विज्ञप्तिप्रति यसै जिल्लाका प्रमुख तपसिलका हामी राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण भएको छ । विविध कारणले स्ववियु निर्वाचन स्थगित हुनु÷नहुने वातावरण बन्नुले आम विद्यार्थीहरुको निर्वाचनमा सहभागी हुन पाउने लोकतान्त्रिक हक अधिकार बञ्चित भएको महसुस गरेका छौं । तसर्थ तालाबन्दी गरिएका सबै क्याम्पसहरुको तालाखोल्न र आन्दोलनका सबै कार्यक्रम स्थगित गरी सबै विद्यार्थी संगठनहरुको सहमतिका आधारमा सहज वातावरणमा निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै नेपाल पब्लिक क्याम्पस संघ नवलपरासी (ब.सु.पू) लाई सम्पूर्ण विद्यार्थी संगठनहरुसँग छलफल गरी सहमतिका आधारमा अबिलम्व तोकिए कै मिति २०८१ चैत्र ५ गते नै निर्वाचन गराउन आह्वान गर्दछौं ।’
सबै पक्षको सहमतिमा सहज वातावरणमा निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा आफूहरु एकमत रहेको नेकपा एमाले नवलपुरका सचिव भिमलाल कँडेलले बताए ।
नेपाल पब्लिक क्याम्पस संघ नवलपुरलार्ई सम्पूर्ण विद्यार्थी संगठनहरुसँग छलफल गरी सहमतिका आधारमा अबिलम्व तोकिएका मिति चैत ५ गते निर्वाचन गराउन आफूहरुले आह्वान गरेको उनले बताए । आफूहरुले छलफलका लागि पहल थालेको भए पनि अहिलेसम्म सहमति जुट्न नसकेको उनले बताए ।