नवलपुरमा भिर मौरीले टोकी ३ जना घाइते
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका २ डेढगाँउमा भिरमौरीले टोकेर ३ जना घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार खेतमा काम गर्ने क्रममा भिरमौरीले टोकी बौद्धिकाली २ डेढगाउ निवासी ६३ बर्षीया ओम माया राना, ४५ बर्षीया इनमाया राना र ६३ बर्षीय लाल बहादुर सारू घाइते भएका छन् ।
उनीहरुको अवस्था मध्यम रहेको छ ।
घाईतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागि मणिपल अस्पताल पोखरा लगिएको प्रहरीले जनाएको छ ।