स्ववियु निर्वाचनः गैडाकोटको कालिका संस्कृति विद्यापिठमा सर्वसम्मत




नवलपुर ।
नवलपुरको गैडाकोटमा रहेको कालिका संस्कृति विद्यापिठमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन भएको छ ।

नेविसंघ र अनेरास्ववियुले संयुक्त रुपमा मनोनयन दर्ता गरेपछि यहाँ सर्वसम्मत नेतृत्व चयन भएको हो । नेपाल संस्कृति विश्वविद्यालय अन्तरगत सञ्चालित गैडाकोट ६ को कालिका संस्कृति विद्यापिठमा नेविसंघका अनुप भण्डारीको नेतृत्वमा स्ववियु सर्वसम्मत घोषणा भएको निर्वाचन संयोजक कपिलदेव भट्टराईले बताए ।



जस अनुसार सचिवमा अनेरास्ववियुका कमल सापकोटा, कोषाध्यक्षमा नेविसंघका लक्ष्मणप्रसाद सापकोटा र सदस्यहरुमा नेविसंघकै कृष्ण पौडेल र तुलसा पौडे तथा अनेरास्ववियुका सागर भुसाल सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी समानुपातिकतर्फको सदस्यमा नेविसंघका मिलनकुमार पराजुली, ऋषि अधिकारी र अनेरास्ववियुका सुजन ढुंगेल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।


सम्बन्धित
Loading...