नवलपुरका प्रमुख जिल्ला अधिकारी सरुवा
नवलपुर । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेल सरुवा भएका छन् ।
उनलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ भने गृहमन्त्रालयका सहसचिव भविश्वर पाण्डे नवलपुरमा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको आज गृहमन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ ।
गृहमन्त्रालयले आज नवलपुर सहित, कपिलवस्तु, सुर्खेत, उदयपुर, बाग्लुङ्ग, अछाम र पर्वतका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको सूचनामा जनाइएको छ ।