प्रेस सेन्टरका केन्द्रिय सचिव एवम् पत्रकार बोमलाल गिरीलाई पितृ शोक




नवलपुर । नवलपुरका पत्रकार एवम् प्रेस सेन्टरका केन्द्रिय सचिव बोमलाल गिरीलाई आज पितृशोक परेको छ ।

गिरीका ८१ बर्षीय देव गिरीको आज विहान ७ बजे उहाँकै निवासमा निधन भएको हो ।



केही समयदेखि पित्तथैली सम्बन्धी रोगबाट ग्रसित गिरीका ३ छोर र १ छोरी हुनुहुन्छ । उहाँको आज नै पिठौली स्थित घाटमा अन्तिम दाहसंस्कार गरिएको छ । पत्रकार गिरी २० बर्षदेखि पत्रकारिता पेशामा सक्रिय छन् । गिरी अहिले गोरखा पत्र दैनिकमा कार्यरत रहेका छन् ।

यसैबीच आज प्रेस सेन्टर केन्द्रिय समिति, नेपाल पत्रकार महासंघ नवलपुर लगायतका संघसंस्थाहरुले शोक वक्तव्य जारी गर्दै मृतक प्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।


सम्बन्धित
Loading...