गैडाकोटमा लागु औषध सहित १ जना पक्राउ




नवलपुर । नवलपुरको गैडाकोट १० निवासी ३१ बर्षीय सन्देष श्रेष्ठलाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ ।

श्रेष्ठले आफ्नो घरमा लागुऔषध लुकाइ छिपाइ राखी विक्री वितरण गर्ने गरेको भनी गोप्य सुचनाको आधारमा घरकोठा खानतलासी गरी नगद ५ हजार ४ सय ५० रुपैयाँ सहित केही परिणाममा लागु औषध बरामद गरेको जनाएको छ ।



उनको साथबाट आईपिपिएल ७ एम्पुल, डाइजापाम ७ एम्पुल, फेनेजेन ७ एम्पुल, ट्रामाडोल ५० लोखिएको ५१९ क्याप्सुल, भोमाइन २५ लेखिएको ५०० ट्याबलेट बरामद गरेको छ ।

 

 


सम्बन्धित
Loading...