कावासोतीमा डेढ लाख बढीको अवैध सामग्री बरामद
नवलपुरको कावासोतीबाट प्रहरी १ लाख ५७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।
कावासोती ८ खरकट्टा स्थित खरकट्टा प्रतिक्षालय अगाडी बेवारिसे अवस्था सामानहरु रहेको भनि प्राप्त जानकारीको आधारमा अवैध सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त सामानको बिल भरपाई नभएको र कोही कसैले माग दाबी गर्न नआएकोले आवश्यक कारवाहीको लागि त्रिवेणी भन्सार कार्यालय त्रिवेणी पठाइएको प्रहरीले जनाएको छ ।
फेस क्रिम, क्रिम, साडी, गाउन लगायतका १ लाख ५७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो ।