नवलपरासीमा हुण्डीको १२ लाख नगद सहित २ जना पक्राउ




नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले हुण्डीको १२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी भारतबाट नेपालतर्फ हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा शंकास्पद मोटरसाइकल र मानिसहरुलाई चेकजाँच गर्नेक्रममा स्रोत नखुलेको हुण्डी कारोबारसँग सम्बन्धित अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।



रामग्राम नगरपालिका वडा नं–५ बाइपासस्थित युपी ५६ एएच १२०४ नम्बरको मोटरसाइकल चालक पाल्हीनन्दन गाउँपालिका वडा नं–२, भक्सिपुर बस्ने २२ वर्षीय खुस सागर यादवको साथबाट ६ लाख रुपैयाँ र युपी ५६ एएच २५७३ नम्बरको मोटरसाइकलका चालक प्रतापपुर गाउँपालिका वडा नं–८, पिपरपाती बस्ने ३९ वर्षीय शिवेन्द्रप्रसाद बानियाको साथबाट ६ लाख रुपैयाँ गरी १२ लाख रुपैयाँ बरामद गरिएको हो ।

प्रहरीले बरामद दुई थान मोटरसाइकल र नगद १२ लाख रुपैयाँसहित दुवै जनालाई नियन्त्रणमा लिई बुधबार नवलपरासी जिल्ला अदालतबाट हुण्डी कारोबारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।


सम्बन्धित
Loading...