एसईई परीक्षाः नवलपुरमा पहिलो दिन ३६ जना परीक्षार्थी अनुपस्थित
नवलपुर ।
एसईई परीक्षाको पहिलो दिन आज नवलपुरमा मर्यादित रुपमा परीक्षा सम्पन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय नवलपुरका प्रमुख दीपेन्द्रराज श्रेष्ठका अनुसार नवलपुरका आजको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।
नवलपुरमा २८ वटा परीक्षा केन्द्रमा १४९ विद्यालयका ६ हजार ४ सय ८२ जना परीक्षार्थीहरुले परीक्षा दिनु पर्नेमा पहिलो दिन ३६ जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएको श्रेष्ठले बताए ।
आज पहिलो दिन छात्रा तर्फ २ हजार ८ सय ७९ जना र छात्र तर्फ २ हजार ८ सय ९१ जना गरी ५ हजार ७ सय ७० जना सहभागी भएको उनले बताए ।
आज पहिलो दिन अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा भएको थियो ।
त्यसैगरी भोलि चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ अंग्रेजी) को परीक्षा हुनेछ ।