संस्थागत विद्यालयहरुले सामाजिक क्षेत्रमा योगदान पुर्याउनु पर्नेमा जोड




नवलपुर । प्याब्सन नवलपुरको आयोजनामा कावासोतीमा सम्मान तथा बधाई कार्यक्रम एवम् अभिमुखीकरण कार्यक्रम भएको छ ।

कार्यक्रममा सहभागी वक्ताहरुले नवलपुरका संस्थागत विद्यालयहरु आम्दानीको निश्चित रकम सामाजिक कार्यमा खर्च गर्नु पर्नेमा जोड दिएका थिए ।



कार्यक्रममा नवलपुर जिल्ला र छिमेकी जिल्लाबाट प्रदेश र केन्द्रिय समितिमा नवनिर्वाचित पदाधकारी तथा सदस्यहरुलाई आज सम्मान गरिएको प्याब्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारीले बताए ।

नवलपुरबाट प्याब्सन गण्डकी प्रदेश अध्यक्षमा प्रकाश खनाल, सचिवमा विन्दुकुमार श्रेष्ठ, सहसचिवमा चन्द्रकान्त बस्याल, सहकोषाध्यक्षमा बालकृष्ण थापा, सदस्यमा राम शर्मा भट्टराई निर्वाचित भएका हुन् ।

त्यसैगरी केन्द्रिय सदस्यमा निर्वाचित नवलपुरका दीपक रावत, पश्चिम नवलपरासीबाट केन्द्रिय सहकोषाध्यक्षमा सन्तोष अधिकारी, केन्द्रिय सदस्यहरुमा निर्वाचित चितवनका कृतिनिधि अर्याल, गोर्खाका सीताराम तिवारी, स्याङ्गजाका हुमाकान्त गौतम लगायतलाई सम्मान गरिएको हो । कार्यक्रम प्याब्सनका केन्द्रिय उपाध्यक्ष प्रेमप्रसाद शर्माको प्रमुख आतिथिथ्यतामा भएको थियो ।

त्यसैगरी नै दुई वटा अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।

सामाजिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषका सम्बन्धमा सामाजिक सुरक्षा कोष सम्पर्क कार्यालय पोखराका कार्यालय प्रमुख रमेश ढुंगेलले प्रशिक्षण दिएका थिए ।

त्यसैगरी यातायात मजदुर तथा व्यवसायी भलाई कोषका केन्द्रिय कमिटिका अध्यक्ष दिनेश फुल्लेलले सस्थागत विद्यालयमा सञ्चालनमा यातायातलाई भलाई कोषमा आवद्ध गरिने बताए । उनले भोलि संस्थागत विद्यालयमा भई भरी आउने दुर्घटना लगायतका सबै विषयमामा भलाई कोषले मद्दत गर्ने भएकोले संस्थागत विद्यालयमा सञ्चालित यातायायहरुलाई भलाई कोषमा जोडिनु पर्नेमा जोड दिएका थिए ।


सम्बन्धित
Loading...