कावासोतीमा आगोमा जलेर एक जना किशोर घाइते
नवलपुरको कावासोती १७ मा चाउचाउ पकाउने क्रममा ग्यास लिग भई आगोमा परेर एक जना किशोर घाइते भएका छन् ।
प्रहरी चौकी कोल्हुवाका अनुसार राति घरमै चाउचाउ पकाउने क्रममा कावासोती १७ निवासी मिन बहादुर थनेत घाइते भएका हुन् ।
उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भईरहेको छ ।