दुम्किबास त्रिवेणी बाटोः दिगो रुपमा समाधान खोज्न सबै लाग्नु पर्नेमा निकुञ्जको जोड




रामकुमार श्रेष्ठ –
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले दुम्किबास त्रिवेणी बाटो निर्माणका लागि सबै निकायले प्रथामिकतामा राखेर काम गर्नु पर्नेमा जोड दिनुभएको छ ।

नवलपुरका पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चितवनबाट माडि जोड्ने बाटो पुरानो भएकोले माडी जाने बाटो र त्रिवेणी दुम्किबासको बाटोलाई एकै ठाउँमा राखेर हेर्न नहुनेमा जोड दिंदै दुम्किबास त्रिवेणी बाटो खोल्न निकुञ्ज मात्रै बाधक भएको भनेर बुझ्न नहुनेमा पनि जोड दिए ।



उनले सबै कानुनी प्रक्रिया पुरा गरेर दिगो रुपमा समस्या समाधान गर्न तर्फ स्थानीय, प्रदेश र संघीय सरकार लाग्नु पर्नेमा जोड दिए ।

उनले तत्काल हतारिएर हल्का सवारी साधन चल्ने गरी बाटो खोल्नु भन्दा दीगो रुपमा समस्या समाधानका लागि सबै लागि पर्नु पर्नेमा जोड दिए ।

त्यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडक खण्ड विस्तारका क्रममा बनेको संरचना पूर्ण रुपमा वन्यजन्तु मैत्री नभएको भन्दै असन्तुष्ट समेत पोखे । उनले बुटवल नारायणगढ सडक विस्तारको क्रममा केही संरचनाहरु वन्यजन्तु मैत्री भए पनि त्यो प्रयाप्त नभएको बताए ।

पूर्वपश्चिम राजमार्गमा कही निकुञ्ज छुने गर्दछ भने कही मध्यवर्ती क्षेत्र पनि छुने गरेको छ । जसले गर्दा उक्त संरचना वन्यजन्तु मैत्री बनाउनु पर्ने प्रावधान छ ।


सम्बन्धित
Loading...