ज्ञानेन्द्र संवैधानिक राजा बन्न पनि लायक छैनन् : देउवा




नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न पनि लायक नरहेकाे टिप्पणी गरेका छन्।

पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पूर्वराजाको सक्रियताको विषयमा टिप्पणी गरेका हुन्।



राजनीति गर्न मन भए पार्टी खोल्न सुझाव दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्। बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ। पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि।’

शाहको पार्टीमा लाग्नेले समेत दुःख पाउने देउवाको भनाइ छ।

 

 


सम्बन्धित
Loading...