विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीमाथि आक्रमण




नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी माथि आज कुटपिट भएको छ ।

एमाले निकट युव संघ विनयी त्रिवेणी गाउँपालिका पालिका अध्यक्ष ३० बर्षीय सुदीप आचार्यले गाउँपालिका अध्यक्ष गिरीमाथि कुटपिट गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।



कुटपिटबाट सामान्य चोटपटक मात्र लागेको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको उनले बताए ।

एमाले स्रोतका अनुसार खोला खुलाउने विषय र क्रसर उद्योगको विषयमा गाउँपालिका अध्यक्ष र युवा संघका अध्यक्ष सुदीप आचार्य सहितको टोलीबीच विवाद भएको हो ।

आज विहान कार्यालय परिसरमै अध्यक्ष गिरीलाई कुटपिट भएको हो । कुटपिट गर्ने सुदिप आचार्य अहिले सम्पर्कमा नरहेको र खोजी कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीले घटनाको कारण भने खुल्न नसकेको जनाएको छ ।

यस विषयमा जानकारी लिन खोज्दा गाउँपालिका अध्यक्ष गिरीसँग भने सम्पर्क हुन सकेन ।

 


 


सम्बन्धित