पानी परेपछि दाउन्नेको बाटो कन्तविजोग …. …
नवलपुर । आज विहान परेको पानीले बाटो चिप्लो भएपछि पूर्वपश्चिम राजमार्ग अन्तरगत दाउन्नेको सडक सवारी साधन आवतजावतमा समस्या भएको छ ।
आज विहान ९ बजेदेखि सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो भने साँझबाट भने हल्का सवारी साधनहरु सञ्चालनमा आएको र ठूला सवारी साधनहरु चिल्पिएर पास हुन ग्राहो भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनक बन्जाराका अनुसार हेब्बी सवारी साधनहरुलाई जेसिबी लगाएर धकालेर पास गराउनु परेको छ ।
वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएको हो ।
हिजोदेखि विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द गरेर काम गरिएको भए पनि आज भने बाटो चिप्लो भएपछि विहान ९ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
दिनभरि मर्मत पछि अहिले सञ्चालनमा रहेको तर बाटोमा सवारी साधन चिल्पिने क्रम भने जारी रहेको ट्राफिक प्रहरीका प्रहरी निरीक्षक जनक बन्जाराले बताए ।
आज परेको पानीले दाउन्नेमा माटो हिलाम्य हुँदा सवारी साधन आवतजावतमा समस्या भएको हो । आज दाउन्नेको १४ किलोमिटर सवारी साधन पास हुन ३ देखि ५ घण्टासम्म लागेको थियो । आज सवारी साधनको चाप कम भएको कारण पनि आज सवारी साधन पास गराउन केही सहज भएको प्रहरी निरीक्षक बन्जाराले बताए ।