नेदरल्यान्ड्सले हरायो जिम्बाब्वेलाई
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा घरेलु टोली नेदरल्यान्ड्सले जिम्बाब्वेमाथि ७ विकेटको प्रभावकारी जित निकालेको छ । यो जितसँगै नेदरल्यान्ड्सले दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा १-० को अग्रता बनाएको छ ।
४७ ओभरमा २०६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४२.५ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो ।