जनजाति महासंघको ४ वटा पालिकाको अधिवेशन गरिने




नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले नवलपुरका कावासोती नगरपालिका, देवचुली नगरपालिका, बौदीकाली गाउँपालिका र बुलिङ्गटार गाउँपालिकामा जनजाति महासंघको पालिका समन्वय परिषदको अधिवेशन गर्ने निर्णय गरेको छ ।

आज कावासोतीमा बसेको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको वैठकले जेठ १५ गतेभित्र ४ वटै पालिकामा पालिका स्तरीय जनजाति महासंघको अधिवेशन गर्ने निर्णय गरेको हो ।



त्यसैगरी नेपाल आदिवासी जनजाति युवा महासंघ नवलपुर र विद्यार्थी महासंघ नवलपुरको पनि जेठ १५ गते भित्र अधिवेशन गर्ने निर्णय गरेको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।


सम्बन्धित
Loading...