रवि लामिछानेलाई षडयन्त्रमूलक ढंगले फसाइएको रास्वपा सांसद ढकालको दावी




नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले पार्टी सभापति रवि लामिछानेलाई षडयन्त्रमूलक ढंगले फसाइएको आरोप लगाएका छन् ।

शनिबार नवलपुरको कावासोतीमा रास्वपा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम तथा प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



सांसद ढकालले पार्टी सभापति लामिछानेलाई जस्तै गरी ०४७ साल यताका सबै नेताको सम्पत्ति सुद्धिकरण गर्न पनि माग गरे ।

त्यसैगरी उनले यो सरकार भ्रष्टचारीहरुलाई बचाउन बनेको सरकार भएको पुष्टि भएको समेत आरोप लगाए ।
उनले आफ्नो पार्टीका संसदमा बहुमत पुगेको दिन यस्ता नेतालाई कारवाही गरि छाड्ने बताए ।

त्यसैगरी रास्वपा गण्डकी प्रदेशका सभापति राजन गौतमले रास्वपा र रास्वपा पार्टी सभापति गम्भीर मोडमा रहेको भए पनि कुनै पनि हार नमानि आगामी चुनावमा पार्टीलाई पहिलो पार्टी बनाउन लाग्नु पर्नेमा जोड दिए ।

त्यसैगरी कार्यक्रममा रास्वपा कावासोतीका नवनिर्वाचित समितिलाई निर्वाचित प्रमाण पत्र वितरण गरिएको थियो ।


सम्बन्धित
Loading...