नवलपुरका चिकित्सकहरु आन्दोलित




नवलपुर । सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् ।

सेतो पोशाक लगाएर उनीहरुले काठमाडौंका माइतीघर मण्डलादेखि देशभरका सदरमुकाममा आज प्रदर्शन गरेका हुन् ।



चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् ।

आन्दोलनरत चिकित्सकका अगुवाहरुले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको माग गरेका छन् ।
उनीहरुले शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

यता नवलपुरका चिकित्सकहरुले पनि देशव्यापी आन्दोलनको समर्थन गर्दै कावासोतीमा र्याली एवम् जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।

 

 


सम्बन्धित
Loading...