लागुपदार्थ दुव्र्यसन विरुद्ध तथा बाल अधिकार सम्बन्धी प्रशिक्षण
कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नं. १६ को आयोजनामा लागु पदार्थ दुव्र्यसन विरुद्धको रोकथाम न्यूनीकरण तथा बालअधिकार सम्बन्धी १ दिने प्रशिक्षण डण्डामा भएको छ ।
वडा नं. १६ का वडाध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख फूलकुमारी थनेतको प्रमुख अतिथ्यता रहेको थियो । प्रशिक्षणको उद्घाटन गर्दै उपप्रमुख फूलकुमारी थनेतले लागुऔषध दुव्र्यवसनबाट युवा तथा बालबालिका बढी फस्ने भएकोले घरघरबाट सचेतना जगाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष, टोल विकास संस्थाका प्रतिनिधिहरु स्थानीय बासिन्दा गरी ३ सय जना बढीको सहभागिता रहेको थियो ।
ककार्यक्रममा अधिवक्ता भुपेन्द्र खनाल, जिल्ला प्रहरी कार्यालय नवलपुरका महिला तथा बालबालिका सेलकी प्रमुख विन्दु विक, दीपक शर्मा लगायतले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कावासोती १६ का वडासदस्य कृष्ण धरेलले स्वागत मन्तव्य राखेका थिए ।
त्यसैगरी आज नै कावासोती ३ मा रहेको जीवन ज्योति माविमा जिल्ला प्रहरी कार्यालय नवलपुरका आयोजनामा कक्षा ९ र १० का विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम गरिएको छ ।