नवलपुर प्रहरीद्वारा ५ जना फरार प्रतिवादी पक्राउ




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरबाट फरक–फरक मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कावासोती नगरपालिका–११ बुडौलीकुनाका ४२ वर्षिय राजु विश्वकर्मा, कावासोती–१४ का ४५ वर्षिय मदन श्रेष्ठ र मध्यविन्दु नगरपालिकाका–११ का ३४ वर्षिय बिश्वनाथ न्यौपाने रहेको नवलपुर प्रहरीले जनाएको छ ।

 

विश्वकर्मा कावासोती–११ की माया विकको लाश मृत अवस्थामा फेला परेको ज्यान सम्बन्धि मुद्दाका कसुरदार रहेको जिल्ला प्रहरी र्काालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । विश्वकर्माविरुद्ध पक्राउ पुर्जि जारी गरी म्याद थप गरेर अनुसन्धान भइरहेको नेपालले बताए ।

 




न्यौपानेले प्रतिवन्धित औषधी सेवन गराई ७ वर्षिय नाबालकको हत्या गरेको अभियोगमा मध्यविन्दु–११ की बालककी आमा केशरी न्यौपानेले जाहेरी दिएको सरकारवादी मुद्दा हो । २०७९ असार २२ गते ज्यान सम्वन्धी कसूर शिर्षकमा दर्ता भई अनुसन्धानको क्रममा रहेको, मुद्धामा पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालतबाट पक्राउ अनुमती लिई खोजतलास गर्ने क्रममा मध्यबिन्दु–१० अरुणखोलाबाट न्यौपानेलाई पक्राउ गरिएको हो ।

 

न्यौपानेलाई पहिलो पटक पाँच दिनको म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

श्रेष्ठ भने जुवा मुद्दामा एक महिना १७ दिन कैद सजाय र पाँच हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी रहेको र कैद भुक्तानका लागि कारागार पठाइएको नेपालको भनाइ छ ।

त्यसैगरी मंगलबार नै नवलुरको गैडाकोट १२ हर्कपुरबाट नवलपुर प्रहरीले ४० बर्षीय ताराबहादुर विकलाई पक्राउ गरेको छ ।

नवलपुर जिल्ला अदालतबाट २०८० माग ८ गतेको फैसलाले चेक अनादर मुद्धामा १ महिना कैद र एक हजार रुपैयाँ जरीवाना तोकिएको फरार प्रतिवादीलाई खोज तलास गर्ने क्रममा विकलाई गैडाकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी कावासोती ८ निवासी ३४ की सरस्वती सुवेदी पराजुलीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

चेक अनादार मुद्दामा नवलपुर जिल्ला अदाललबाट मिति २०८१ बैशाख १८ गतेको फैसला अनुसार ७ दिन कैद र तिन हजार रुपौया जरीवाना तोकिएको फरार प्रतिवादीलाई खोजतालास गर्ने क्रममा पक्राउ गरी जिल्ला अदालत पेश गरेको नवलपुर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...