लागु औषध सहित २ जना पक्राउ
शोभा जिसी
परासी । नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट पदैल आउदै गरेका दुई जनालाई प्रहरीले लागुऔषध सहित प्रकाउ गरेको छ । प्रकाउ पर्नेहरुमा रामग्राम नगरपालिका वडा नं.३ बस्ने २५ वर्षे लक्षु लोहार र रामग्राम नगरपालिका वडा नं.८ बस्ने ३८वर्षे राकेश कुवार भने बुद्ध देब दत्त रहेका छन् ।
उनीहरुलाई चोकजाचको क्रममा बृद्ध देव दत्त बोकेको पहेलो रंगको झोला भित्र ३ वटा प्लाष्टिकमा लुकाई राखेको अवस्थामा डाइजापाम, फेनारगन र बुफ्रिनोफिन २/२ एम.एल.को एक सयका दरले ३०० एम्पुल लागु औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।