सडकमा पानी नहालेको भन्दै चोरमारामा चक्काजाम

नवलपुर । पूर्वपश्चिम राजमार्गमा पानी नहालेको भन्दै मध्यबिन्दु ७ स्थित नमुना टोलमा नयाँ स्थानीयले दिउँसो चक्काजाम गरेका हुन्
राजमार्गमा उडेको धुलोले स्वास्थ्यमा गम्भीर असर पुर्याएको र सम्बन्धित निकायले समयमै पानी नहाल्ने गरेको भन्दै स्थानीयवासीहरूले आक्रोश प्रकट गर्दै सडक अवरुद्ध गरेका हुन्। यस अघि पनि उनीहरुले जक्का जाम गरेका थिए ।
स्थानीयहरूका अनुसार धुलोका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म प्रभावित भएका छन्। विशेष गरी सास फेर्न समस्या हुने, आँखा जल्ने र छालाका रोगहरू देखिन थालेको गुनासो गरिएको छ।
प्रदर्शनकारीहरूले बारम्बार गुनासो गर्दा पनि चासो नदिएको भन्दै सडकमा उत्रनु परेको बताएका छन्।
घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानीय प्रशासनले समस्या समाधानका लागि समन्वयको प्रयास गरिरहेको जनाएको छ।
सडक अवरुद्ध हुँदा राजमार्गमा केही समय सवारी आवागमन ठप्प भएको थियो। पछि प्रशासन र स्थानीयबीच संवाद भएपछि चक्काजाम हटाइएको बताइएको छ।
स्थानीयहरूले राजमार्गमा नियमित रूपमा पानी छर्किन र धुलो गर्न प्रभावकारी उपाय अपनाउन माग गरेका छन्।
