नवलपुरमा खोलामा डुबेर बालिकाको मृत्यु

नवलपुर ।
नवलपुरको विनयी खोला दोभानमा पौडी खेल्ने क्रममा डुबेर ८ बर्षीया बालिकाको मृत्यु भएको छ ।
आज विहान ९ बजेतिर ४÷५ जना साथीहरु मिलेर विनयी त्रिवेणी गाउँपालिका ५ देउराली स्थित विनयी खोला र खग्रास खोलाको दोभानमा पौडी खेल्न गएका ८ बर्षीया बालिकाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दोभानमा डुवेर गम्भीर घाइते उमादेवी रखालकी ८ बर्षीया छोरी रोषना रखालको उपचारको क्रममा मृत्यु भएको हो ।
बालिकाको उद्दार गरी उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याइएकोमा आज दिउँसो उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीसँगै पौडी खेल्न गएका अन्य बालबालिकाहरु भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।