सर्लाहीमा प्रहरीसँगको भिडन्तमा विप्लवका सर्लाही इन्चार्ज मारिए
सर्लाही : प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको सर्लाही जिल्ला इन्चार्ज मारिएका छन्। जिल्लाको लालबन्दीमा प्रहरीसँग गोली हानाहान हुँदा विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका छन्। इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीसँग विप्लवका कार्यकर्ताको झडप भएको हो । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।