नवलपुरमा खोलामा नुवाउन गएका रुपन्देहीका एक युवकको मृत्यु




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ५ खकरा खोलामा नुहाउने क्रममा रुपन्देहीका एक जना युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी १८ बर्षीय रोज दंगालको मृत्यु भएको हो ।



नवलपुर विनयी त्रिवेणी गाउँपालिका ४ बगैचा निवासी १८ बर्षीय सविन श्रेष्ठसँग रोज दंगाल र रुपन्देहीका बुटवल निवासी १८ बर्षीय त्रिलोभन न्यौपान खकरा खोलामा नुहाउन गएका थिए ।

नुहाउने क्रममा रोज दंगाल वेपत्ता भएको र उनको खोजी गर्ने क्रममा मृत फेला परेको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।

अन्य दुई जना भने सकुशल रहेको जनाइएको छ । मृतकका बुवा आमा दुवै जना विदेशमा रहेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।

 

 



सम्बन्धित
Loading...