विश्व रक्तदाता दिवसमा रक्तदाताहरुद्वारा नवलपुरमा मोटरसाइकल र्याली
नवलपुर ।
विश्व रक्तदाता दिवसको अवसर पारेर आज नवलपुरमा रक्तदाताहरुले मोटरसाइकल र्याली गरेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपुरको आयोजनामा मोटरसाइकल ¥याली गरिएको हो ।
चोरमारा बजारबाट शुरु भएको र्याली कोल्हुवा, चौराहा, डण्डा, कावासोती फलफूल चोकसम्म पुगेको थियो ।
र्यालीको क्रममा मध्यबिन्दु प्रादेशिक अस्पतालमा रक्तदान सम्बन्धी कोणसभा गरिएको थियो भने नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखा भवनमा समापन कार्यक्रम गरिएको थियो ।
समापन कार्यक्रम अध्यक्ष धर्मराज लुइटेलको अध्यक्षतामा भएको थियो ।
समापन कार्यक्रममा नेपाल रेडक्रस कावासोती उपशाखा सभापति अमृता सिग्देल, निवर्तमान सभापति बाबुराम कंडेल लगायतले मन्तव्य राखेका थिए ।
समापन कार्यक्रमको सञ्चालन संस्थाका सचिव रन्जित केसीले गरेका थिए ।