नवलपुरमा विपद व्यवस्थापनका लागि पूर्व तयारी अभिमुखीकरण
नवलपुर । नेपाल रेडक्रस सोसाइटी नवलपुर जिल्ला शाखाले विपद व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।
नवलपुर जिल्ला भित्र रहेका १४ वटै उपशाखाका सभापति सहितका प्रतिनिधिहरुको उपस्थितिमा १ दिवसीय बिपद व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम कावासोतीमा गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका सचिव तिर्थ कंडेलले बताए ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका लेखा तथा प्रशासन शाखाका कर्मचारी सुस्मिता आचार्यले जानकारी दिइन् ।
कार्यक्रममा प्राविधिक सहयोग सशस्त्र प्रहरी बल नवलपुरको रहेको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका जिल्ला सभापति डिल्लीराम कडरियाको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति दुर्गालक्ष्मी काफ्लेले स्वागत मन्तव्य, उपसभापति बद्रीनाथ नेपालले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला कोषाध्यक्ष वेदप्रसाद न्यौपानेले संगठन तथा आर्थिक अवस्थाका जानकारी गराएका थिए भने विपद व्यवस्थापन संयोजक ऋषिराम कंडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।