नवलपुरमा सवारी दुर्घटनामा ५ जना घाइते
नवलपुर ।
नवलपुरको मध्यविन्दु नगरपालिका ८ रानीटार स्थित भित्री सडक खण्डमा अटो र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको ग. प्र. ०४–००१ ह ०३५६ नम्बरको अटो र बिपरित दिशाबाट चोरमारा आउँदै गरेको बा ४६ प ४५३१ नम्बरको मोटरसाइकल एका आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका ८ रानीटार निवासी १७ बर्षीय शिशिर श्रेष्ठ, अटोमा सवार मध्यविन्दु नगरपालिका १५ ढोखादी निवासी ४२ बर्षीय सन्तबहादुर कुमाल, मध्यविन्दु १५ प्रसौनी निवासी २७ बर्षीय बालकुमार महतो र ४ बर्षीय इशान महतो घाइते भएका छन् ।
त्यसैगरी नवलपुरको देवचुली नगरपालिका ३ बौलाहा खोलामा लु ३७ प ५८५२ नम्बरको पैदल यात्री ४८ बर्षीया मधु गैरे घाइते भएका छन् ।