“चाईने जो जिन्दगानीमा”पछि सलिना वि.कको नयाँ गीत ‘प्रतीक्षामै’ सार्वजनिक


नवलपुर १३ असार बहुचर्चित गीत “चाईने जो जिन्दगानीमा” बाट दर्शकमाझ पहिचान बनाएकी गायिका सलिना वि.कको नयाँ गीत ‘प्रतीक्षामै’ सार्वजनिक भएको छ।

गीत म्युजिक भिडियोसहित Zero Hours Digital युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। स्वास्थ्यका संवेदनशील विषयवस्तु समेटिएको यस गीतमार्फत “गर्भ तुहिनु महिलाको दोष होइन” भन्ने सन्देश दिइएको छ।

थाइराइड, पिसिओएस (PCOS), उमेर र वंशाणुगत कारणहरू जस्ता स्वास्थ्य समस्याले गर्भधारणमा असर पार्न सक्ने र तिनको उपचार सम्भव छ भन्ने पक्षलाई भिडियोमार्फत उठान गरिएको छ। गीतमा स्वास्थ्यकर्मी सीमा ज्ञवालीको शब्द तथा राजेश कुमार श्रेष्ठको संगीत रहेको छ।

काठमाडौंको कमलादीस्थित म्युजिक क्लाउड स्टुडियोमा रेकर्ड गरिएको गीतमा चर्चित कलाकार सुधिर श्रेष्ठ र बिना राउतको जीवन्त अभिनय देख्न सकिन्छ। सुरेश पाण्डेको निर्देशन तथा कलात्मक कोरियोग्राफी रहेको भिडियोलाई देब दोर्जे लामाले खिचेका हुन् भने अनन्त घिमीरेले सम्पादन गरेका छन्।

समाजमा स्वास्थ्य सम्बन्धी चेतनाको अभावलाई सांगीतिक माध्यमबाट सम्बोधन गर्ने उद्देश्यले तयार पारिएको गीत ‘प्रतीक्षामै’ले दर्शक तथा श्रोतालाई नयाँ अनुभूति दिने विश्वास लिइएको छ।

 



सम्बन्धित
Loading...