६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, एसइईको नतिजा कसरी हेर्ने ?




यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नियमिततर्फ ६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नतिजा सार्वजनिक गरेको हो।

गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा नियमिततर्फ चार लाख ३८ हजार ८९६ विद्यार्थी सहभागी भएका थिए।



गत वर्ष ४८ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका थिए।

एसइईको नतिजा कसरी हेर्ने ?

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएकाे छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो।

गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए । परीक्षाको नतिजासम्बन्धी विवरण एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको छ।

एसईईको मौका परीक्षा २९ साउनदेखि

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् ।

परीक्षा बोर्डले यस वर्षकोएसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जनाएको हो ।

गत वर्षभन्दा सुधार भयो एसईईको नतिजा

 

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत वर्षभन्दा सुधार भएको छ । पोहोर ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो संख्या बढेर ६१.८१ पुगेको छ ।

यसअनुसार गत वर्षभन्दा अहिले १३.९५ प्रतिशतले एसईईको नतिजा सुधार भएको हो ।

नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।

बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ ।



सम्बन्धित
Loading...