नवलपुरमा ९ जनाको ४ जीपीए, ७०.४५ प्रतिशत विद्यार्थी ग्रेडिङ
नवलपुरमा ९ जनाको ४ जीपीए, ७०.४५ प्रतिशत विद्यार्थी ग्रेडिङ
रामकुमार श्रेष्ठ
नवलपुर । यस बर्षको एसईई परीक्षामा नवलपुरमा ९ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् ।
शिक्षा तथा समन्वय ईकाइ कार्यालय नवलपुरका प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार नवलपुरबाट यस बर्ष ५ हजार ७ सय ७० जना विद्यार्थीहरुले एसईई दिएका मध्ये ४ हजार ६५ जना अर्थात ७० दशमलब ४५ प्रतिशत विद्यार्थी गे्रडिङ भएका छन् ।
त्यसैगरी नवलपुरमा ३.६ देखि ४ जीपीएसम्म ६ सय ८६, ३.२ देखि ३.६ जीपीएसम्म एक हजार २ सय ५४, २.८ देखि ३.२ जीपीए १ हजार ४ सय २५, २.४ देखि २.८ जीपीएसम्म ६ सय ६३ जना, २.० देखि २.४ जीपीएसम्म २८ जना रहेका छन् ।
त्यसैगरी १.६ देखि २.० जीपीएसम्म ० जना र नन ग्रेडिङ १ हजार ७ सय ५ जना अर्थात २९ दशमलब ५५ प्रतिशत रहेका छन् ।
नवलपुरबा जिल्लाबाट ८७ वटा सामुदायिक विद्यालय ४९ वटा संस्थागत विद्यालय, ५ वटा धार्मिक विद्यालय र एउटा खुल्ला गरी १ सय ४२ वटा विद्यालयले एसईईमा विद्यार्थीलाई सहभागी गराएका थिए ।
यता शिद्धार्थ आवासीय माविबाट एसईई दिएका ४ जोडी टुइन्स पनि उत्तिर्ण भएका छन् । शिद्धार्थ आवासीय माविका प्रिन्सिपल भोजराज दाहालका अनुसार ३ जोडी ३.६ भन्दा माथि जीपीए र १ जोडी टुइन्स ३.२ जीपीए भन्दा माथि अंक ल्याएर उत्तीर्ण भएका छन् । शिद्धार्थ आवासीय माविबाट सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको दाहालले बताए ।
यता कावासोतीको सामुदायिक विद्यालय ज्ञानोदय माविका आयुष ढकालले ४ जीपीए प्राप्त गरेका छन् ।