यि हुन नवलपुरबाट ४ जीपीए ल्याउने ९ विद्यार्थी
रामकुमार श्रेष्ठ –
नवलपुर । यस बर्ष एसईई दिएका ५ हजार ७ सय ७० जना विद्यार्थी मध्ये ९ जनाले ४ जीपीए प्राप्त गरेका छन् । ९ जना मध्ये ८ जना छात्रा र १ जना छात्र रहेका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा अनुसार नवलपुरका ९ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छ्न ।
शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख दिपेन्द्र श्रेष्ठका अनुसार सामुदायिक विद्यालयका ५ जना र संस्थागत विद्यालयका ४ जना विद्यार्थी गरी ९ जनाले ४ जिपिए ल्याएका हुन ।
प्रकाशित नतिजा अनुसार ज्ञानोदय माध्यमिक विद्यालय कावासोती–८ का आयुष ढकाल, नवजागरण माध्यमिक विद्यालय चोरमाराकी अनुस्का बस्याल, सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालय हुप्सेकोटकी जस्मिन कंडेल, विश्वज्योति माध्यमिक विद्यालय प्रगतिनगरकी लक्ष्मी श्रेष्ठ र सुस्मिता केसी, जनज्योति नमुना माध्यमिक विद्यालयकी अन्जु श्रेष्ठ, जनता मावी हर्कपुरकी अंकिता अधिकारी, ब्लुस्टार माध्यमिक विद्यालय दुम्किबासकी बृन्दा गुप्ता र मुनलाईट आदर्श पब्लिक एकेडेमी देवचुलीकी रोशाले नेपाली ४ जिपिए प्राप्त गरेका हुन ।
शिक्षा तथा समन्वय ईकाइ कार्यालय नवलपुरका प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार नवलपुरबाट यस बर्ष ५ हजार ७ सय ७० जना विद्यार्थीहरुले एसईई दिएका मध्ये ४ हजार ६५ जना अर्थात ७० दशमलब ४५ प्रतिशत विद्यार्थी गे्रडिङ भएका छन् ।
त्यसैगरी नवलपुरमा ३.६ देखि ४ जीपीएसम्म ६ सय ८६, ३.२ देखि ३.६ जीपीएसम्म एक हजार २ सय ५४, २.८ देखि ३.२ जीपीए १ हजार ४ सय २५, २.४ देखि २.८ जीपीएसम्म ६ सय ६३ जना, २.० देखि २.४ जीपीएसम्म २८ जना रहेका छन् ।
त्यसैगरी १.६ देखि २.० जीपीएसम्म ० जना र नन ग्रेडिङ १ हजार ७ सय ५ जना अर्थात २९ दशमलब ५५ प्रतिशत रहेका छन् ।
नवलपुरबा जिल्लाबाट ८७ वटा सामुदायिक विद्यालय ४९ वटा संस्थागत विद्यालय, ५ वटा धार्मिक विद्यालय र एउटा खुल्ला गरी १ सय ४२ वटा विद्यालयले एसईईमा विद्यार्थीलाई सहभागी गराएका थिए ।