रास्वपाको हस्ताक्षर अभियानमा कावासोतीमा १ हजारले हस्ताक्षर गरे




नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि साँधिएको राजनीतिक प्रतिशोधको विरुद्ध भन्दै नवलपुरको कावासोतीमा पनि हस्ताक्षर संकलन शुरु गरिएको छ ।

आज कावासोती फलफूल चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरको आयोजनामा जिल्ला सभापति नरिश्वर लामिछानेको नेतृत्वमा हस्ताक्षर संकलन अभियान गरिएको थियो ।



आज एक हजार जनाको हस्ताक्षर संकलन भएको रास्वपा नवलपुरले जनाएको छ ।



सम्बन्धित
Loading...