नवलपुरमा जंगली च्याउ खाँदा १६ जना विरामी
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको बुलिङटारमा जंगली च्याउ खाएर १६ जना विरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बुलिङटार गाउँपालिका २ टाँडीस्वारा स्थितमा जिवनज्योती चर्च मण्डलीको नयाँ निर्माणाधिन भवनको ढलान काम गर्न भनि गएका १६ जना जंगली च्याउँ खाँदा विरामी परेका हुन् ।
विरामीहरुको भरतपुर अस्पताल चितवन र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
जंगली च्याउ खाएर नवलपुरको बुलिङटार २ निवासी ५१ बर्षीया समीमाया राना, १७ बर्षीया कबिता लुङगेली, ३७ बर्षीया सिताराम गरन्जा मगर, १७ बर्षीया निशा ठाडा मगर, ४८ बर्षीय कृण्ण बहादुर राना विरामी परेका छन् ।
त्यसैगरी सोही ठाउँका ७८ बर्षीया जसु डिसुवा मगर, ४५ बर्षीय एकबिर बराल, ५० बर्षीया चुलिमाया थापा, ६६ बर्षीया गनिसर राना मगर र ४० बर्षीया मनमाया लुङगेली मगर विरामी परेका छन् ।
उनीहरुको अवस्था गम्भीर र चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बुलिङटार २ निवासी ३५ बर्षीया धनमाया लुङगेली, ३१ बर्षीय संजय कुमाल, ७ बर्षीया बालिका एरिना कुमाल, ५० बर्षीया रुमा गाहा मगर, ४२ बर्षीया हुमाया सारु मगर र १८ बर्षीय राजन राना मगर विरामी परेका छन् ।