दुम्किवासको पुल भोलिदेखि सञ्चालनमा आउने, यात्रुलाई केही राहात


 



नवलपुर  । नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल भोलि बिहीबारदेखि सञ्चालना आउने भएको छ । सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वर बहादुर रिजालका अनुसार भोली बिहान ११ बजेदेखि यो नयाँ पुलबाट सबै खाले सवारी साधनले यात्रा गर्न पाउने भएका हुन् ।




पुलको ढलान भएको करिब चार हप्तापछि पुल भएर नियमित रूपमा यातायात सञ्चालन हुने भएको हो । चिनियाँ निर्माण कम्पनी, परामर्शदाता तथा आयोजना बीचको छलफलअनुसार भोलिदेखि पुल मार्ग खुला गरिने जानकारी दिए ।

गत २६ पुस गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुरानो फलामे पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको थियो । डाइभर्सन पनि खोलाले पटक पटक बगाएपछि यो मार्ग भएर यात्रा गर्न निक्कै कष्टकर भएको थियो ।

पछिल्लो पटक असार ७ गते विनयी खोलाले बस नै बगाएपछि नयाँ डाइभर्सन बनाइएको थिएन । जसका कारण साना तथा हलुवा सवारी साधन बैकल्पिक मार्गबाट ओहोरदोहोर गर्ने गरेका थिए भने ठूला तथा मालवाहक सवारी साधन भने तीन चार दिन कुरेर खोलाको बहाव घटेपछि आवतजावत गरिरहेका थिए ।

अव नयाँ पुल सञ्चालनमा आएपछि भने यात्रु र चालकले केही राहत पाउने छन् भने डाइभर्सन र बैकल्पिक भाटोको भर पर्नु पर्ने छैन । तर दुम्किवासको समस्या समाधान भए पनि दाउन्नेको झन्झट भने कायमै रहेको छ । आयोजना प्रमुख रिजालले अव डाउन्नेमा वर्खाअघि बाटो विस्तारको काम नहुने र मर्मत मात्र हुने भएकाले वर्खाभरी समस्या हुन सक्ने बताए ।

यहाँ हल्का पानी परेको बेला उकालोमा चिप्लिएर गाडी गुड्न नसक्ने र बाटोमा गाडी फस्ने गरेका भएकाले समस्या यथावत छ ।



सम्बन्धित
Loading...