देवचुलीको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते
नवलपुर ।
नवलपुरको देवचुली नगरपालिका १० पृथ्वीनगर स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार लोकाहबाट पृथ्वीनगर तर्फ आउदै गरेको गण्डकी प्रदेश ०४–००१ प ७५४४ न. को मोटरसाइकलले सडकमा खेल्दै गरेको आनन्द आलेको छोरा वर्ष–४ को सम्राट आलेलाई ठक्कर दिंदा दिएको हो ।
ठक्करबाट बालकको टाउको र ढाडमा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यसैगरी दुर्घटनामा परी मोटरसाइकल चालक देवचुली १५ निवासी १९ बर्षीय सुक्रिम प्रधान पनि घाइते भएका छन् ।
दुवै घाइतेको सेन्ट्रल अस्पताल भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।