कावासोती नगरपालिका पूर्णखोप सुनिश्चितता एवम् दीगोपना घोषणा




नवलपुर ।
नवलपुरको कावासोती नगरपालिकालाई आज पूर्ण खोप तथा दीगोपना सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ ।

आज कावासोती नगरपालिकाका नगर उपप्रमुख फूलकुमारी थनेतले कावासोती नगरपालिकालाई पूर्णखोप तथा दीगोपना सुनिश्चितता नगरपालिका घोषणा गरेकी हुन् ।




घोषणा कार्यक्रममा बोल्दै नगर उपप्रमुख थनेतले पूर्ण खोप तथा दीगोपना सुनिश्चितता नगर घोषणाका लागि महिला स्वास्थ्य स्वयम सेविकाहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै महिला स्वास्थ्य स्वयम् सेविकाहरुको प्रशंसा गरिन् ।

त्यसैगरी कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले स्थानीय तहदेखि विभिन्न दातृनिकायले स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेको बताउँदै कावासोती नगरपालिकाको तर्फबाट पनि स्वास्थ्य क्षेत्र र विशेष गरी खोपलाई प्रथामिकतामा राखेर काम गरेको बताए ।

कावासोती नगरपालिका भित्र रहेका ५९ महिना मुनीका ६ हजार बढी सबै बालबालिकालाई खोप लगाइसकेपछि कावासोती नगरपालिकालाई पूर्णखोप तथा दीगोपना सुनिश्चिता नगरपालिका घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्रकुमार सिंहले कावासोती नगरपालिका जिल्लाको आठौं पालिकाको रुपमा घोषणा भएको जानकारी गराउँदै जिल्लालाई असार २४ गते पूर्ण खोप तथा दीगोपना जिल्ला घोषणा गरिने जानकारी दिए ।

कार्यक्रममा कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख हेमचन्द्र पौडेल, स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिला लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा कावासोती ३ का वडाध्यक्ष डोरमान गिरी, कावासोती १६ का वडाध्यक्ष आनन्द श्रेष्ठ, कावासोती १० का वडाध्यक्ष टेकनारायण महतो, नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा यस बर्षको उत्कृष्ठ स्वास्थ्य कर्मीको रुपमा कृष्ण महतोलाई १ लाख नगद पुरस्कार सहित सम्मान गरिएको थियो भने उमेर हदका कारण अवकाश भएका महिला स्वास्थ्य स्वयम् सेविकाहरु ऋषिदेवी पोख्रेल, उर्मिलादेवी गुरौंलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुले कावासोती नगरपालिकालाई पूर्ण खोप र दीगोपना सुनिश्चितता नगरपालिका घोषणा लागू गर्र्न प्रतिबद्धतामा हस्ताक्षर समेत गरेका थिए ।



सम्बन्धित
Loading...