पश्चिम नवलपरासीमा सवारी दुर्घटनामा २ जनाको मृत्यु




नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा १ झरही खोलामा भएको दुर्घटनामा परी पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ४ पाँचपेडा निवासी २० बर्षीय भोला राजभर र रामग्राम नगरपालिका १५ डिगवल निवासी २० बर्षीय राहुल राजभएको मृत्यु भएको हो ।




महेशपुर भुजहवा भित्रि सडक खण्डको मोडमा भुजहवाबाट महेशपुर तर्फ आउदै गरेको लु २ ख ६५४ नम्बरको बससँग सोही दिशातर्फबाट आउदै गरेको लु ४७ प ४८७९ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा मोटरसाईकल ठक्कर खान पुगेको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक र मोटरसाइकलमा सावर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी विरदत्त पन्तले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल परासीमा लगिएकोमा उचिकित्सकले मृत घोषणा गरेको हो । बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको छ ।



सम्बन्धित
Loading...