नवलपुरमा भाले गैडा मृत फेला




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ ज्यामिरे स्थित खोला किनारमा एउटा भाले गैडा मृत फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी १५ बर्षको १/२ महिना अगाडि नै मृत्यु भएको जस्तो देखिने गैडा मृत फेला परेको हो ।




सडेगलेको अवस्थामा गैडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी एवम् वन अधिकृत शिशिर लम्सालले गैडा कालगतिले मरेको जस्तो देखिएको र खाग सुरक्षित रहेको जानकारी दिए ।

उनका अनुसार अहिले प्रहरीको सहयोगमा वन अधिकृतहरुको टोलीले गैडाको शव पोष्टमार्टमको तयारी गरेको छ ।



सम्बन्धित
Loading...