चिकित्सकहरु आन्दोलित, मध्यविन्दु प्रादेशिक अस्पतालमा ओपिडी सेवा बन्द

रामकुमार श्रेष्ठ –
नवलपुर । चिकित्सकहरुको आन्दोलनका कारण नवलपुरको कावासोती १६ डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालको ओपिडि सेवा बन्द भएको छ ।
नेपाल मेडिकल काउन्सिल मार्फत समाधान हुनुपर्ने मुद्धाहरुमा न्यायलयबाट हस्तक्षेप गरी चिकित्सकहरु माथी बिभिन्न कसुरमा जरिवाना तथा सजायहरु तोकेर न्यायशिल ढंगबाट काम सम्पादन नभएको भन्दै देशभरका चिकित्सकहरु आन्दोलित भएका छन् ।
साही क्रममा आज मध्यविन्दु प्रादेशिक अस्पतालमा विहान ९ बजेबाट ओपिडी सेवा बन्द गरेर यहाँका चिकित्सकहरु पनि आन्दोलित भएका हुन् ।
उनीहरुले हिजो पनि करिब २ घण्टा ओपिडि सेवा बन्द गरेका थिए ।