हसौराको जग्गा लाजसाजी पूर्ण तरिकाले लिने भूमाफियालाई कालोमोसो दल्ने पक्राउ




नवलपुर । नवलपुरको कावासोती ४ हसौरामा स्थानीले बर्षौदेखि जोतभोग गर्दै आएको विघौविगाहा जग्गा लाजसाजी पूर्ण तरिकाले आफनो नाममा गराउन क्यूप्रसाद बस्याललाई कालोमोसो दल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हरौसाको करिब ७० विगाहा जग्गा क्यूप्रसाद बस्याल लगायतले लाजसाजी पूर्ण तरिकाले आफ्नो नाममा बनाएका छन् । उक्त जग्गा फिर्ताको लागि स्थानीय जनप्रतिनिधिहरुले पटक पटक पलह गरे पनि अझै फिर्ता हुन सकेको छैन ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली १५ निवासी ५८ बर्षीय क्यूप्रसाद बस्याल (पोख्रेल) ले प्रहरीमा दिएको जाहेरीको आधारमा उनलाई कालोमोसो दल्ने चितवनको भरतपुर महानगरपालिका १ निवासी ४० बर्षीय मनिष लामालाई प्रक्राउ गरिएको हो ।

उनलाई जिल्ला प्रशासन कार्यालयको अनुमतिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले गैडाकोट १६ नारायणी नदि किनारबाट नियन्त्रणमा लिएको हो ।

यसैबीच नेकपा बहुमत नवलपुरले विज्ञप्ति जारी गर्दै पक्राउ परेको मनिष लामालाई तत्काल रिहा गर्न माग गरेको छ ।

नेकपा बहुमत नवलपुरका जिल्ला सेक्रेटरी अमर गोपालीले विज्ञप्ति जारी गर्दै घटनामा सम्लग्न नरहेको व्यक्तिलाई पक्राउ गरेको भन्दै उनलाई तत्काल रिहाई गर्न माग गरेको हो ।

नेकपा बहुमतका कार्यकर्ताहरुले क्यूप्रसाद बस्याललाई उनकै घर नजिक प्रगतिनगरमा कालोमोसो दलेका थिए । नेकपा बहुमतले विज्ञप्ति नै जारी गरेर घटनाको जिम्मा लिएको थियो ।

नवलपुरको कावासोती ४ हसौरामा रहेको ६ सय घरपरिवारले अझै जग्गाधनि लालपूर्जा पाउन सकेका छैनन् ।
बस्ती बस्दादेखि जोतभोग गर्दै आएका यहाँका ६ सय घर धुरी परिवारको जग्गाको लालपूर्जा भूमाफियाको नाममा रहेको छ ।

यहाँ रहेका ६ सय घरधुरी बासिन्दाको करिब ६२ विगाहा जग्गाको जग्गाधनि लालपूर्जा भूमाफियाको नाममा रहेको कावासोती ४ का वडाध्यक्ष नारायण लोहनीले बताए ।

उनका अनुसार यहाँ कहिलै बसोबास नभएको र आफ्नो जग्गा कहाँ पर्छ र कुन हो भन्ने थाहा सम्म नभएका व्यक्तिहरुको नाममा जग्गाधनि लालपूर्जा रहेको छ ।

यहाँको ६२ विगाहा जग्गा क्यूप्रसाद बस्याल, ठाकुर शर्मा (, पर्साबहादुर आले, चुनबहादुर तामाङ, डिलाराम सापकोटा, काशीराम सापकोटा, यज्ञमुर्ती पाठक, तोयानारायण पन्त, गजाधर सापकोटा लगायतको नाममा रहेको छ ।

उनीहरुले साविक नवलपरासी जिल्ला हुँदा मालपोत कार्यालय परासीका तत्कालिन कर्मचारीहरुसँग मिलेमतो फिल्डमा समेत नआइ जग्गाधनि लालपूर्जा लिएको पाइएको कावासोती ४ का वडाध्यक्ष नारायण लोहनीले बताए ।

कावासोती ४ का लोकबहादुर आले यहाँ बस्दै आएको २० बर्ष भन्दा बढी भयो । तर उनको नाममा अझै जग्गाधनि लालपूर्जा आफ्नो नाममा पाउन सकेको छैन ।

उनले जग्गाधनि लालपूर्जा झिक्न विभिन्न कानुनी प्रक्रिया गरेर अगाडि बढ्दा अर्कैको नाममा लालपूर्जा भएको थाहा पाएको बताए ।

उनी लगायत उनी बसेको १५ घरधुुरिका बासिन्दाको जग्गाको जग्गाधनि लालपूर्जा बुटवल घरभई युकेमा बस्दै आएका पर्साबहादुर आलेको नाममा रहेको पाइएको उनले बताए ।

उनले पटक पटक आफूहरुले आफ्नो नाममा जग्गा धनि लालपूर्जा प्राप्त गर्नका लागि संघर्ष गर्दा यहाँका नेता तथा सांसदहरुले कुनै चासो नदिएको समेत गुनासो गरे ।



सम्बन्धित
Loading...