दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध




रामकुमार श्रेष्ठ –
नवलपुर । लगातारको बर्खाले दाउन्नेमा सडक भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भांसिदा नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध हुन पुगेको हो ।

भारी वर्षापछि खुर्सानी खोला नजिक सडक भासिएसंगै सोही ठाउंमा लु १ क ५८२७ नम्बरको ट्रक पनि फसेको छ । दाउन्नेको खुर्सानी खोला नजिकै सडक करिब ४ फिट भासिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।




जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका स्रचना अधिकारी डीएसपी बीरदत्त पन्तका अनुसार सडक अवरुद्ध भएपछि पुर्वतर्फ जाने सवारी साधनहरुलाई बर्दघाटको टिसिएनचोकमा र पुर्वबाट आएका सवारी साधनहरु दुम्किबासतर्फ रोकिएका छन् ।

सडक खुलाउने प्रयास भएको दिउँसो सम्ममा दुई तर्फी खुलाउने गरी प्रयास भएको सडक आयोजनाले सूचना प्रकाशन गरेर जनाएको छ ।

बुटवल नारायणगढ सडक खण्डको अधिकांश स्थानमा एकतर्फी सडक कालो पत्र भई यात्रा सहज भए पनि दाउन्नेको १४ किलोमिटर सडक खण्डको पूर्वी खण्ड अझै सकसपूर्ण रहेको छ ।
खुर्सानी खोलामा पटक पटक सडक भांसिदा सडक अवरुद्ध हुंदै आएको थियो ।
दाउन्नेमा अझै पनि पानी पर्नासाथ बाटो हिलो र चिप्लो भएर उकालोमा सवारी साधन उक्लनै कठिन हुने गर्दछ ।

नारायणगढ–बुटवल सडक विस्तारको काम भइरहेपनि दाउन्ने खण्डको १४ किलोमिटर सडकको काम ढिला हुंदा बारम्बार सडक अवरुद्ध हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दाउन्नेमा सडक खण्ड दुई तर्फी नै बन्द हुन पुगेको जनाउँदै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
उता लगातारको बर्षा पछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १० लण्डन बृजदेखि उत्तरतर्फको बस्ती डुबानमा परेको छ । यहाँ करिब २०० सय घर डुबानमा परेको छ ।
यहाँ पानीको उचित निकास नहुँदा बर्खामा पानी जामेर गाउँनै डुबानमा पर्ने गर्दछ ।



सम्बन्धित
Loading...